+
+

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १९:३५

९ पुस, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।

टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिए ।

ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरु चापमा चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?