+
+

सहकारी ठगीमा पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते २१:०६

९ पुस, काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले नेता गुरुङलाई आज कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले गुरुङ पक्राउ परेको पुष्टि गरे । उनले भने, ‘हामीले मीना गुरुङलाई पोखराको घरबाटै नियन्त्रणमा लिएका छौं ।’

आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध  कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?