+
+

आज पनि बढेर नयाँ उचाइमा पुग्यो अमेरिकी डलरको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ५:५७

१० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

आज युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि  बढेको छ ।

त्यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा तथा युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा कायम भएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?