+
+

विवाद समाधान समितिमा बस्न धुलिखेल अस्पताल पक्षद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ६:५०
धुलिखेल अस्पताल

१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)र धुलिखेल अस्पताल बीचको विवाद समाधान गर्न गठित समितिमा बस्न धुलिखेल अस्पताल पक्षले अस्वीकार गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पुस ८ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डीन प्रा.डा. ऋषिकेश वाग्ले र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सदस्य छन् ।

त्यस्तै अस्पतालका तर्फबाट विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकण्ठ मकाजु र डाक्टरहरू डा. विराज कर्माचार्य र डा. राजीव श्रेष्ठ रहने भनिएको थियो ।

तर, विश्वविद्यालयले पठाएको सो सम्बन्धी पत्र अस्पतालका तर्फबाट तोकिएका सदस्यहरुले बुझ्न नमानेको स्रोतले बतायो ।पत्र अस्पतालमा दर्ता गर्न खोज्दा दर्ता पनि नगरिएको पनि स्रोतको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ मकाजु श्रेष्ठले वर्तमान उपकुलपति रहेको समितिमा आफू नबस्ने तथा समितिको नेतृत्वमा मन्त्रीस्तरीय व्यक्ति हुनुपर्ने अडान दोहोर्‍याएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?