+
+

सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुन्छ : मन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १३:३४

१० पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए ।

‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिदैछ’, मन्त्री गुरूङले भने ।

फरक प्रसँगमा मन्त्री गुरूङले एआईको प्रयोग सम्बन्धी नीति ल्याउने तयारीबारे जानकारी दिए ।

आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?