+
+

सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १४:०१

१० पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् ।

संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् ।

संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए ।

सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने गरेको सभामुख घिमिरेले बताए । कानुनमा अप्ठ्यारो पर्‍यो भने मात्रै संसदमा सरकार आउने प्रवृत्ति रहेको उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?