
काठमाडौं । नेपाल टेलिकमले १ रुपैयाँमा प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ देखाउने भएको छ । टेलिकमले फेसबुक पेजमार्फत आउने शनिबारदेखि प्रयोगकर्ताले यो फिल्म हेर्न पाउने जनाएको हो ।
टेलिकमको एनटीटिभीमा १३ पुस शनिबारदेखि यो फिल्म हेर्न पाइने उल्लेख छ । ‘सबै चलचित्रप्रेमीले आफ्ना साथीभाइ एवं परिवारको साथ यो चलचित्र हेर्ने सुनौलो मौका नगुमाउनुहोला’ टेलिकमले भनेको छ ।
शनिबार एकदिनको लागि मात्र दर्शकले यो फिल्म हेर्न पाउनेछन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्कासहित क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ । प्रेमकथामा आधारित फिल्म हलमा भने नेपाली र हिन्दी भाषामा प्रदर्शन भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4