+
+

खोटाङमा टाटा सुमो दुर्घटना, एक यात्रु गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १७:११

१० पुस, काठमाडौं। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जना यात्रु गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई छन्। उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको खोटाङका डीएसपी प्रतिक बिष्टले बताए ।

उनका अनुसार काठमाडौंबाट खोटाङ आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको थियो।

उनका अनुसार बाटोमा काठ तेर्सिएपछि हटाउन भनेर चालक शत्रुधन राई झरेको बेलामा दुर्घटना भएको थियो ।

रोकेको सुमो गड्दै करिब २ मिटर तल खसेको उनले बताए । सुमोमा एक जना मात्रै रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?