+
+

देश विकासका लागि कांग्रेसले जति काम अरु पार्टीले गरेको छैन : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १७:३९

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित सय दिने पार्टी सुदृढीकरणको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको दाबी गरे ।

‘समग्रमा हामीले मुल्यांकन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ, अरु कुनैपनि पार्टीले त्यति गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं,’ उनले भने ।

नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गदै सिटौलाले निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए ।

‘संविधान सभाको कुरा २००७ सालमै नेपाली कांग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली का‌ग्रेसकै पहलमा भएको हो,’ सिटौलाले भने, ‘तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गर्‍यौं ।’

पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उनले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?