
१० पुस, काठमाडौं। तमू (गुरुङ) सञ्चारकर्मी सङ्घले पत्रकारितामा योगदान पुर्याएबापत ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
बुधबार तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत पत्रकारहरुलाई नगद पुरस्कार र ताम्रपत्र प्रदान गरे ।
पूर्वप्रधानसेनापति ‘छत्रमानसिंह–कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ (गुरुङ तर्फ) र पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार वर्षा शाह (गैर गुरुङतर्फ)ले जनही रु २०/२० हजार पुरस्कार प्राप्त गरे ।
त्यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’ पत्रकारिता पुरस्कार पर्वतकी शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार म्याग्दीका गणेश गुरुङ (सुरेन) र भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्कीकी अपेक्षा गुरुङले प्राप्त गरे ।
उनीहरु तीनै जनाले रु १०/१० हजार नगद प्राप्त गरे । तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार बुटवलकी निरु गुरुङले नगद रु १२ हजार प्राप्त गरे ।
प्रतिक्रिया 4