+
+

प्रवासी चिकित्सकलाई स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जोड्न ‘हेल्थ कन्क्लेभ’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १८:१६

१० पुस, काठमाडौं । प्रवासमा रहेका चिकित्सकको ज्ञान र सीपलाई उपयोग गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने ‘हेल्थ कन्क्लेभ’ गर्ने भएको छ ।

पुस ११ र १२ (बिहीबार र शुक्रबार) गर्न लागिएको कन्क्लेभबाट स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्य मन्त्रालयले हेल्थ कन्क्लेभ आयोजना गरेको हो ।

सम्मेलनका लागि ९० भन्दा बढी देशबाट १ हजार जनाभन्दा बढीले भौतिक र भर्चुअल गरी सहभागीता जनाउने मन्त्रालयले जानकारी गराएको छ ।

सम्मेलनबाट प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

सम्मेलनमार्फत् प्रवासी र स्थानीय चिकित्सकबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने, र दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने उद्देश्य मन्त्रालयले राखेको छ ।

सम्मेलनमा प्रवासी चिकित्सकको संलग्नताको विश्वव्यापी अभ्यास, ई–हेल्थ र उन्नत स्वास्थ्य समाधान लगायतमा छलफल हुने बताइएको छ ।

साथै, नीतिगत संवाद र दीर्घकालीन संलग्नता, तथा अनुसन्धान, शिक्षा र नवीनता आदीमा प्रस्तुति, छलफल, अनुभव आदानप्रदान, र प्यानल छलफल हुने मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?