+
+

बालकोट हत्या प्रकरण : आमा भन्छिन्- जेठाकै मुखबाट घटना सुन्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते २१:२३

१० पुस, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा गत शनिबार बाबुछोराको हत्यापछि मृतक परिवार शोकाकुल बनेको छ । खोटाङको रुपाकोट मझुवागढी–१ का कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको हत्या भएको थियो । कुलप्रसादकै जेठा छोरा मिलनले हत्या स्वीकार गरेका छन् ।

बालकोटस्थित छोराहरू बस्ने डेरामा श्रीमान्‌को हत्या भएको खबरपछि बालकोट आइपुगेका छन्, कुलप्रसादका बुवा खडानन्द, आमा तुलसा र श्रीमती रेजिना ।

कान्छो छोराको घरमा बस्नदै आएका बुवा खडानन्द र आमा तुलसासँगै बसेका कुलप्रसाद छोराहरूले खाना खान बोलाएपछि शनिबार साँझ बालकोट पुगेका थिए ।

मृतकका आफन्त दीपक पाण्डेका अनुसार रेजिनालाई सम्हाल्न गाह्रो भएको छ ।

भावविव्हल हुँदै रेजिनाले भनेकी छिन्, ‘मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु ? मरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।’

पाण्डेले अघि भने, ‘घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको वीभत्स हत्या कसरी गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको छ ।’

जेठा छोरा मिलन अहिले प्रहरी नियन्त्रणमा छन् ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे ।

सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रविण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए ।

विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए ।

मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।

मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँशु रोकिएको छैन । मृतक पत्नी रेजिनाले बाबुछोराको हत्या जेठो छोराकै मुखबाट आफूले सुन्न चाहेको बताएकी छिन् ।

उनले प्रहरीसँगको बयानका क्रममा हत्या स्वीकार गर्दै बुवाले बोलेको शब्दका कारण आफूले दुःखद निर्णय लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?