+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लक्ष्मी गिरी र आशीर्वाद क्षेत्री अभिनित ‘श्री बुकुरो’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १९:३५

काठमाडौं । सुदीपभुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मका दुई मुख्य पात्र जन्मथलो फर्किरहेको देखाएको छ ।

हिमाल र पहाड हुँदै दुई पात्र लामो समयपछि घर फर्किएको मनोविज्ञान र सेटिङलाई टिजरले चित्रण गरेको छ । टिजरले परिवारलाई केन्द्रमा राखेर कथा भनेको बुझ्न सकिन्छ ।

टिजरमा लक्ष्मी गिरी र आशिर्वाद क्षेत्रीलाई प्रस्तुत गरिएको छ । टिजरमा गिरीलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । टिजरमा उनी भन्छिन् :

घर जाने बाटो मलाई टाढा नलागोस्
हरेक चोट पाइला बनोस्
प्राणमा काँडा नलागोस्

यस फिल्मबाट सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको फिल्ममा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण छ । सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका छन् ।

मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । गीतमा रञ्जीत गजमेर र वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । प्रदर्शन मिति चाँडै घोषणा गर्ने तयारी भैरहेको निर्देशक सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?