+
+

पार्टी कार्यालय आफैं बनाउने मेरो तर्क गलत छैन : विन्दा पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १९:४२

१० पुस, काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् ।

व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।

‘नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौं त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’

पार्टीबाट निलम्बनमा परेपछि पाण्डेलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी उनकै शब्दमा :

हामीले जे कुरा उठाएका थियौं, त्यो जनताको बहुदलीय जनवादले भनेको पार्टीको आन्तरिक लोकतन्त्र र व्यक्ति स्वतन्त्रताको कुरा थियो । र त्यतिखेर विधि अन्तर्गत (भवन दानमा लिने निर्णय) भयो कि भएन भन्ने कुरा उठाएका हौं ।

उहाँहरूले २४ गते (असोज) बसेको बैठकमा कति जना सहभागी हुनुहुन्थ्यो ? त्यसमा अझ महाधिवेशन प्रतिनिधि परिषद्ले गरेको निर्णय, पोलिटब्यूरोले भवन बनाउन गरेको निर्णय र ०७८ मा पार्टीले नै भवन बनाउनुपर्छ भनेर अध्यक्षले नै गरेको शिलान्यासलाई अलपत्र छोडिएको प्रसंग सम्झिनुपर्छ ।

अर्कातिर अपारदर्शी ढंगबाट निर्णय गरिने कुरा जबजको विधि, पद्धति, नीति कुनैपनि कुरासँग मिल्दैन । पार्टी भनेको आमनागरिकहरूको भावना र मर्मसँग जोडिनुपर्ने कुरा हो । त्यो हिसाबले कम्तिमा पनि नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय आफैं बनाउनुपर्छ’ भनेर पार्टीले निर्णय गरेको थियो ।

त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर हामीले कुरा उठाएको हो । त्यसले गर्दा गल्ती गरेका थिएनौं, त रियलाइजेसन गर्ने कुरै भएन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?