
१२ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले सिंहको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनले हामी गहिरो दु:खी छौं। डा. सिंह भारतका दूरदर्शी नेता थिए। म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना र समवेदना व्यक्त गर्दछु।’
We are profoundly saddened by the passing away of former Prime Minister of India Dr. Manmohan Singh. Dr. Singh was a visionary leader of India.I extend our heartfelt sympathies and condolences to the Government and people of India as well as the bereaved family members.
— President of Nepal (@OOP_Nepal) December 27, 2024
प्रतिक्रिया 4