+

इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन : नेपालको खातामा एक कास्य मात्र

२०८१ पुष  १० गते २०:३२ २०८१ पुष १० गते २०:३२
इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन : नेपालको खातामा एक कास्य मात्र

१० पुस, काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन २०२४ मा नेपालको यात्रा एक कास्यमा सीमित हुँदै समाप्त भएको छ ।

बुधबार सम्पन्न मिक्स युगल तर्फको सेमिफाइनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी संग २१–१५, २१–१७ ले पराजित भए पश्चात नेपाल एक कास्यमा खुम्चिन गएको हो ।

यसअघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाइनलमा स्थान बनाए । उक्त जोडीले भारतका थानदाङ्ग्री हेमा नगेन्द्र बाबु र श्रीललिता सुप्रिया यलाप्रागाडाको जोडीलाई २१–१०, २१–९ले पराजित गरेका थिए ।

महिला एकल तर्फको खेलमा भारतकी इरा शर्माले जित हात पार्दै फाईनलमा थाईल्याण्डकी ललिनरात चाईवान संगको भेट पक्का गरिन् ।

ईराले सेमिफाइनलमा थाइल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले युएसएकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

नेपाल ईन्टरनेशनल च्यालेन्ज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय