
१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले शनिबार हुने ५० औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको सूची सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार उनले ३.९५ सीजीपीए ल्याएका छन् ।
श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाउने भएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने भएकी छिन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाउने भएकी छिन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाउने भएकी छिन् ।
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाउने भएका छन् ।
उनले ३.८२ सीजीपीए ल्याएका छन् । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाउने भएका छन् । उनले ३.८१ सीजीपीए ल्याएका छन् ।
इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाउने भएकी छिन् । उनले ३.८० सीजीपीए ल्याएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाउने भएकी छिन् । उनले ३.६८ सीजीपीए ल्याएकी छिन् ।
तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाउने भएकी छिन् । उनले ३.६७ सीजीपीए ल्याएकी छिन् । खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाउने परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाउने भएकी छिन् । तीन पदक पाउने भएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् ।
सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाउने भएकी छिन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । उनले ३.९९ सीजीपीए ल्याएका छन् ।
सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाएका छन् । लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहरलाले पाउने भएका छन् । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् ।
शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीइ सिभिलका शाशिष थापाले पाउने भएका छन् । उनले ८४.२१ प्रतिशत ल्याएका छन् । छत्र बहादुर पदक बीबीएसका समिता ढुगेलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाउने भएकी छिन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । यस वर्ष ५० औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह पनि मनाइँदै छ ।
प्रतिक्रिया 4