+
+

वर्षमानको दाबी- माओवादीका कारण देशको मालिक जनता भएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते २१:४१

१० पुस, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको जिकिर गरे ।

‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा गणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ,’ पुनले भने ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–५ को नवनिर्मित भवन उद्घाटन गर्दै पुनले पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे ।

‘माओवादीले गाउँ–गाउँमा सिंहदरबारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ । तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ,’ उनले भने ।

सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।

‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसाबले पनि गणतन्त्र सही हो । तर जनताको चाहना अझै पूरा भएको छैन । यो व्यवस्थालाई अझै सुधार गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?