+
+

यी ३१ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश

बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड गरेका वा खरिद गरेका लगानीकर्ता लाभांशका लागि र साधारणसभामा भाग लिन हकदार हुन्छन् । यसअनुसार अझै पनि ३१ कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते ९:०२

११ पुस, काठमाडौं । सूचीकृत कम्पनीहरू यतिबेला धमाधम साधारणसभामा जुटेका छन् । पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार कम्पनीहरुले साधारणसभा बोलाइसकेका छन् ।

साधारणसभा गर्नका लागि २१ दिनअघि नै सार्वजनिक सूचनामार्फत सेयरधनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यसअनुसार अहिलेसम्म सार्वजनिक सूचना जारी नगरेका कम्पनीले पुस मसान्तभित्र साधारणसभा गर्न सक्दैनन् ।

सूचीकृत कम्पनीहरुले साधारणसभामा लगानीकर्तालाई लाभांश दिने प्रस्ताव लैजान्छन् । सो लाभांश सभाले स्वीकृति गरेपछि लगानीकर्ताले पाउँछन् । सेयर बोनस डिम्याट खातामा र नगद सिधै बैंक खातामा जम्मा हुने गरेको छ ।

साधारणसभाबारे जानकारी गराउँदा कम्पनीहरुले बुक क्लोजको मिति पनि स्पष्टसँग उल्लेख गरेका हुन्छन् । बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड गरेका वा खरिद गरेका लगानीकर्ता लाभांशका लागि र साधारणसभामा भाग लिन हकदार हुन्छन् । सार्वजनिक सूचनाअनुसार अझै पनि ३१ कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन्।

यो पटक लाभांशमा धेरैजसो कम्पनीहरुले सेयर बोनसलाई प्राथमिकता दिएका छन् । सेयर बोनसले कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ भने लगानीकर्ताले थप सेयर पाउँछन् ।

बढेको सेयर संख्याअनुसार बुक क्लोजका दिन मूल्य समायोजन हुन्छ । तसर्थ लाभांश पाउनका लागि बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड वा खरिद गरेको हुनुपर्छ ।

लाभांश घोषणा गरेका तर बुक क्लोज नभएका कम्पनीमा ३ वाणिज्य बैंक, ६ विकास बैंक, २ फाइनान्स र ९ वटा माइक्रोफाइनान्स कम्पनी छन् । त्यस्तै हाइड्रोपावर कम्पनी ५, लगानी समूहका २, उत्पादन समूहका ४ कम्पनी छन् ।

बिहीबारपछि दुई दिन कारोबार बन्द हुने भएकाले ४ कम्पनीहरू सिद्धार्थ बैंक, एचआईडीसीएल, सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको लाभांश पाउनका लागि आजसम्म सेयर खरिद वा होल्ड गरेकाहरू हकदार रहन्छन् ।

यी कम्पनीकाे सेयर किन्दा अझै पाइन्छ लाभांश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?