+
+

कांग्रेसको स्वास्थ्य विभाग प्रमुखमा यादव, १० सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १२:३८

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।

केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् ।

स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक–कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, डा. सुमन कर्माचार्य–रामेछाप, डा. सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पुजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?