+
+

‘स्क्विड गेम’को दोस्रो सिजन नेटफ्लिक्समा, हेर्नुअघि जान्न जरुरी यी कुरा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १३:०४

काठमाडौं । नेटफ्लिक्सको विश्वचर्चित श्रृंखला ‘स्क्विड गेम’को सिजन २ बिहीबारदेखि स्ट्रिमिङ हुँदैछ । नेपाली समयानुसार दिउँसो साढे १२ बजेबाट यो सिरिजको नेटफ्लिक्समा प्रिमियर भएको छ । दोस्रो सिजनको नेपाली दर्शकमाझ पनि उत्साहपूर्ण पर्खाइ पनि थियो ।

पहिलो सिजन जहाँनेर सकिएको थियो, यसले दोस्रो सिजन हेर्न दर्शकलाई बाध्य पार्ने निश्चित छ । जीवन र मृत्युबारेको घातक खेलमा आधारित यो दक्षिण कोरियाली सर्भाइभल श्रृंखला नेटफ्लिक्सको इतिहासमा अहिलेसम्म धेरै हेरिएको श्रृंखला समेत हो ।

सिजन १ हामीले के हेर्‍यौं ?

पहिलो सिजनले हामीलाई श्रृंखलाका मुख्य पात्र सेओङ गि–हुनसँग परिचित गराउँछ । यो पात्रको भूमिकामा दक्षिण कोरियाली स्टार ले जंग–जाएले अभिनय गरेका छन् । अभागी ठानिएको उक्त पात्रलाई बालबालिकाको घातक खेलमा प्रतिस्पर्धा गरेर ४५६ बिलियन धनराशिको पुरस्कार जित्ने मौका छ । यसका लागि उनले अन्य ४५५ प्रतिस्पर्धीसँगै खेलमा भाग लिन्छन् ।

यसको महत्वपूर्ण ट्विस्ट भनेको– यदि तिमीले खेल हार्‍यौं भने तिम्रो मृत्यु निश्चित छ । तनाव बढ्दै जाँदा र टिमबीचको गठबन्धनमा फेरबदल हुँदै जाँदा, गी–हुन र अन्य सहभागीले उक्त रहस्यमय खेल र यसका आयोजक बारेमा अँध्यारा रहस्य पत्ता लगाउँछन्, जुन नाटकीय समाप्तिसँगै टुंगिन्छ । गि–हुनले ठूलो धनराशीको पैसा त जित्छन् तर उनले मूल्य पनि ठूलै चुकाउनुपर्छ ।

उक्त खेलका जिम्मेवार व्यक्तिलाई हटाउने गि–हुनको वाचासँगै पहिलो सिजन सकिएको थियो ।

सिजन २ मा नयाँ कुरा के आउनेछ ?

सिजन २ मा नयाँ कलाकार र खेलाडी तथा उनीहरुको महत्वपूर्ण थप प्रस्तुति हेर्न पाइनेछ । गि–हुनको रुपमा ली जंग–जे (प्लेयर ४५६) को रूपमा फर्किंदा नयाँ अनुहारहरू केन्द्रमा देखिनेछन् । ‘रनअन’ र ‘समर स्ट्राइक’जस्ता के–ड्रामामा आफ्नो भूमिकाका लागि परिचित यिम सि–वानले अन्य कलाकार पार्क सुङ–हुन, पार्क ग्यु–यंग, कांग हा–नेउल, ली जिन–वूकसहित कास्टमा सामेल हुनेछन् ।

यीबाहेक दोस्रो श्रृंखलामा जासूस पात्र ह्वाङ जुन–होको भूमिकामा देखिएका अभिनेता वि हा–जुन पनि फर्किंदैछन् । उनी पहिलो सिजनमा भाग्यवश बाँचेका थिए । सम्भवतः भ्रष्ट संसारको स्क्विड गेम आयोजकको दलदलमा उनी फसेका हुनसक्छन् । यसैबीच, ली ब्युङ–हुन पनि रहस्यमय फ्रन्टम्यानको रूपमा फर्किन्छन्, जसले घातक प्रतिस्पर्धाको निरीक्षण गर्छन् ।

भर्तीकर्ताको कथा

पहिलो सिजनमा गोंग–यू झण्डै एक झलक र हराएको पार्टमा थिए, नयाँ सिजनले भर्तीकर्ताको रूपमा उनको विस्तारित भूमिकामा प्रस्तुत गर्ने अपेक्षा छ । सम्भवतः नयाँ सिजनमा उनको ब्याकस्टोरी हेर्न पाइनेछ । नेटफ्लिक्सले गोंग–यूका लागि छुट्टै प्रोमो जारी गरेको छ, यो सम्भवतः आगामी सिजनको सबैभन्दा ठूलो हाइलाइटमध्ये एक हुनसक्छ ।

खेल र दाउ

सिजन २ मा खेल थप कठिन हुनसक्ने अनुमान छ । सिरिजको निर्माण टोलीले यो घातक प्रतियोगिताले नयाँ र अझ खतरनाक खेल प्रस्तुत गर्ने संकेत गरेको छ, जसले शारीरिक र मानसिक सहनशीलता मात्र होइन, खेलाडीको नैतिकता पनि परीक्षण गर्छ । दाउलाई अझै रोचक बनाउन डिजाइन गरिएका जटिल नियम र ट्विस्ट अझै भयावह हुनसक्ने अपेक्षा छ । यी चुनौतीले मनोवैज्ञानिक तनावलाई अझ गहिरो पार्दै प्रतियोगीलाई थप कष्टसाध्य छनोटका लागि बाध्य पर्ने निश्चित छ ।

पहिलो खेल– रातो बत्ती, हरियो बत्तीलाई सिजन २ मा दोहोर्‍याइएको जस्तो देखिन्छ । अन्य खेल के हुन सक्छ भन्नेबारे रहस्य छ । सिजन १ मा डाल्गोना क्यान्डी, पारदर्शी सिसामा हिंड्ने, गुच्चा छान्ने, डोरी तान्ने लगायतका खेल समावेश गरिएको थियो ।

शक्तिको ढाँचा र थिम

स्क्विड गेमको मुख्य विषयवस्तु सधैं आर्थिक असमानता, मानव लोभ र मानिस बाँच्न उसले लिने आत्मशक्तिको कथा हो । सिजन २ मा यी गतिशीलता थप तीव्र हुने अनुमान छ । खेलाडीले खेलको मनोवैज्ञानिक कष्टको सामना मात्र गर्दैनन्, घातक माहोलमा पनि उनीहरूको छनोटको नैतिक प्रभावको पनि सामना गर्नेछन् । नयाँ आएका कलाकार, भिन्न पृष्ठभूमिबाट आएका छन्, सामाजिक–आर्थिक हैसियतभन्दा बाहिरको द्वन्द्वबाट गुज्रिएर आएका छन् । यसले नयाँ सिजनमा थप जटिल वातावरणको निर्माण गर्ने अपेक्षा छ ।

स्वभाविक रुपमा गि–हुन खेलको केन्द्रमा हुनेछन् । व्यक्तिगत बदला लिने र राम्रो गर्ने ठूलो वाचाको द्वन्द्वले खेलमा नयाँ तहहरूको निर्माण गर्ने पक्का छ । गि–हुनले नयाँ चुनौतीको सामना गर्दै र गठबन्धन परिवर्तन गरेको देख्न पाइनेछ । नयाँ सिजन केवल बाँच्नका लागि मात्र होइन, लोभले चलेको संसारमा बदला, मानवता र न्यायको मूल्यमा आधारित हुनेछ ।

गि–हुनले भ्रष्टाचारको पर्दाफास गर्नेछ वा खेलको गहिराइमा फस्नेछ ?

तीव्र सामाजिक टिप्पणी, संवेदनाले भरिएको नाटक र क्रूर ट्विस्टको साथमा दोस्रो सिजनले खेलका मापदण्डलाई अझै विस्तार गर्ने अपेक्षा गरिएको छ । दाउ र खेल अझै खतरनाक हुनेछन् । खेलको ब्याकस्टोरीले गहिरो, गाढा रहस्यहरू व्यक्त गर्ने पक्का छ ।

स्क्विड गेमको दोस्रो सिजनमा कुल ७ एपिसोड हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?