+

उदीयमान विपिनलाई स्वस्तिमाको आइफोन उपहार

२०८१ पुष  ११ गते १३:१३ २०८१ पुष ११ गते १३:१३
उदीयमान विपिनलाई स्वस्तिमाको आइफोन उपहार

११ पुस, काठमाडौं । कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् ।

स्वस्तिमाले क्रिसमसको अवसर पारेर विपिनलाई नयाँ आइफोन उपहार दिएकी हुन् । स्वस्तिमाले उपहारसँगै एउटा नोट पनि लेखेकी थिइन् जसमा लेखिएको थियो- ‘प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ । भविष्यका लागि थप सफलताको शुभकामना ।’

विपिन आफैंले इन्सटाग्राममा स्टोरी राखेर स्वस्तिमालाई धन्यवाद दिएका छन् भने उक्त स्टोरीलाई स्वस्तिमाले ‘रिशेयर’ पनि गरेकी छन् । स्वस्तिमा  ‘फेस अब कर्णाली याक्स’समेत थिइन् ।

एनपीएलको राइजिङ स्टार अर्थात् उदीयमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् ।

उनले प्रतियोगितामा ८ खेलमा १३ विकेट लिँदै कर्णालीको सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा रहे । उनले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका थिए ।

उनले जिमी नीशम, मार्टिन गप्टिल, आन्द्रेस गौसजस्ता खेलाडीहरूलाई आउट गरेका थिए ।

विपिन प्रसाद शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय