
११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् ।
बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।
‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।
प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।
प्रधानमन्त्री ओलीले पहिलोपटक चीन भ्रमण गर्नुअघि भारत जान चाहेका थिए । यद्यपि भारतको औपचारिक निमन्त्रण नआएपछि ओली चीन भ्रमणमा गएका थिए ।
चीन भ्रमणबाट फर्किएलगत्तै ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भारत भ्रमणको तयारीमा लाग्ने बताएका थिए ।
त्यो वातावरण बनाउन परराष्ट्र मन्त्रालयमार्फत् ओलीले प्रयास जारी राखेका छन् । तर भारतले ठोस जवाफ नआएपछि उनको भारत भ्रमण अनिश्चित भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत दिल्ली पुगेर प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास गरेकी थिइन् ।
यसबारे सचिवालय बैठकमा पदाधिकारीले उठाएको प्रश्नको जवाफमा उनले धेरै चर्चा गर्न नपर्ने बताएका हुन् ।
प्रतिक्रिया 4