+

खेलकुदमन्त्रीको आग्रह : बालबालिकालाई विद्यालयपछि २ घन्टा खेलकुदमा लगाउनुहोस्

२०८१ पुष  ११ गते १३:२५ २०८१ पुष ११ गते १३:२५
खेलकुदमन्त्रीको आग्रह : बालबालिकालाई विद्यालयपछि २ घन्टा खेलकुदमा लगाउनुहोस्

११ पुस, काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग आग्रह गरे ।

‘शारीरिक र मानसिक रुपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ । खराब संगतमा जानसक्दैन । स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुहोस्।’ खेलकुदमन्त्री चौधरीले भने ।

उनले खेलकुदे शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताए । उनले खालि समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको बताए ।

‘आजकालका विद्यार्थीमा धेरै माबाइल चलाउने प्रवृत्ति विकास भएको छ। अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए, ‘ उनले भने, ‘तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु।’

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरे ।

तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय