+
+

नेपाली सुपरहिरो फिल्म ‘गुलेली’ युट्युबमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १४:२३

काठमाडौं । दाजुको विरासतलाई पछ्याउँदै अभिनयमा सक्रिय कुन्दुन शाक्य अभिनित नेपाली सुपरहिरो फिल्म ‘गुलेली’ युट्युबमा सार्वजनिक भएको छ । कुन्दुन चर्चित अभिनेता कार्मका भाइ हुन् ।

अनिल न्यौपाने निर्देशित यो फिल्मलाई नेपालको मौलिक सुपरहिरो भनिएको छ । ‘बिकी नामक एक चिन्तित र सामान्य नेपाली युवक जब सुपरहिरोको पोशाकमा हुन्छ, तब ऊ भ्रष्टविरुद्ध लड्न काठमाडौंका सडकमा निस्कन्छ,’ फिल्मको कथा सारांशबारे न्यौपानेले भने ।

यसअघि छोटा र विज्ञापन फिल्ममा सक्रिय न्यौपानेले कथानक फिल्म बनाएका हुन् । यो फिल्मको कथा पनि उनैले लेखेका हुन् । ज्याज प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा कुन्दुनसँगै लुनिभा तुलाधर पनि मुख्य भूमिकामा छिन् ।

नयाँ अवधारणा र सीमित बजेटका कारण ‘गुलेली’ हलमा प्रदर्शन नगरी युट्युबमा रिलिज गरिएको हो । निर्देशक न्यौपाने भन्छन्, ‘यो फिल्मले हाम्रो सुपरहिरो निर्माणको प्रयासलाई चिनाउन सक्छ । डिजिटल प्लेटफर्ममार्फत यो धेरै दर्शकसम्म पुग्ने अपेक्षा गरेका छौं ।’

जाज प्रोडक्सनले आफ्नै युट्युब च्यानलबाट फिल्म रिलिज गरेको छ । फिल्मको रनटाइम ५७ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?