+
+

संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो बन्यो : कांग्रेस प्रमुख सचेतक घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १४:२७

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जारी संघीय निजामती विधेयकमाथिको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘संवैधानिक आयोग पूर्व कर्मचारीको क्लब जस्तो भयो,’ प्रमुख सचेतक घिमिरेले भने, ‘अख्तियारले हेरे पनि निर्वाचन आयोगले हेरे पनि त्यस्तै छ ।’

यसलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले समाधानका लागि संवैधानिक आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?