
११ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनले संसद्मा बनाएको संयुक्त कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
संसदको सञ्चालन र त्यहाँ छलफल गरिने बिजनेसबारे सहजीकरण गर्नेगरी दुई दलबीच संयुक्त कार्यदल बनाइएको थियो ।
कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, /राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी छन् ।
कार्यदलले विचाराधीन विधेयकहरूमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलाउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4