+
+

कञ्चनपुरको पुनर्वासमा माओवादीले १३ पुस खबरदारी सभा गर्ने

माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:२१

११ पुस, धनगढी। नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो ।

माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवंम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलले खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने बताए ।

सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई छानीछानी षड्यन्त्रपूर्वक विभिन्न खालका चलाइरहेको तर सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन् ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाई पार्टी अध्यक्ष दाहालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

माओवादीले शक्ति प्रर्दशनका रुपमा समेत लिएको उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?