+
+

भोजपुर जिप दुर्घटनामा गम्भीर घाइते तीन जनालाई काठमाडौं पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:२६

११ पुस, भोजपुर । भोजपुरको बोखिममा जिप दुर्घटनामा परी घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

आज बिहान भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो । भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको थियो । घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?