+
+

संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गर्ने कांग्रेस–एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:२७

११ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘संसद्‌मा विचाराधीन विधेयकबारे विपषी दलहरूसँग छलफल गर्ने निर्णय गरेका छौं,’ बैठकबारे जानकारी दिँदै कांग्रेस सांसद जीवन परियारले भने ।

उनका अनुसार विपक्षी दलसँग छलफलका लागि मुख्य जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ ।

कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?