+
+

विप्लवले भने- माओवादी १९ वटा पुगेछ, थप्नुस् २० हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:५९

१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी अहिले साउने भेल जस्तो भएको बताए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको उनले बताए । माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विप्लवले भने, ‘माओवादी साउनको भेल जस्तै भयो । कहाँ कहाँ पुग्यो ।’

फुट्नुमा पनि असाध्यै धेरै फुटेको विप्लवको भनाइ थियो ।

‘अस्ति एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्‍याउनु भएछ । मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ’ उनले भने ।

माओवादीको मन अशान्त रहेकाले धेरै फुटिरहेको विश्लेषण विप्लवले सुनाए । तर फुट्ने क्रम असाध्यै धेरै भएपछि जुट्ने दिन आउने विश्वास गरे ।

पार्टीको केन्द्रीय समितिले एकताकै प्रस्ताव अगाडि बढाएको जानकारी पनि विप्लवले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?