+

युरोपको नेपाली चिकित्सक संस्था र चिकित्सक संघले सहकार्य गर्ने

२०८१ पुष  ११ गते १८:२४ २०८१ पुष ११ गते १८:२४
युरोपको नेपाली चिकित्सक संस्था र चिकित्सक संघले सहकार्य गर्ने

काठमाडौं । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली चिकित्सक, हेल्थ केयर प्रोफेसनल्सहरुको संस्था र नेपाल चिकित्सक संघबीच सहकार्य सम्झौता भएको छ । सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप (एसएनएचपीई)का अध्यक्ष डा. विनय श्रेष्ठ र चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बिहीबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

६ बुँदे उक्त सम्झौतामा अनुसार दुई संस्थाबीच अनुसन्धान परियोजनामा सहकार्य गर्ने, शैक्षिक कार्यक्रमका लागि मेडिकल विद्यार्थी तथा रेजिडेन्टहरु आदानप्रदान गर्ने र आवश्यक सूचना, स्रोत र प्रकाशनहरु आदानप्रदान गर्ने उल्लेख छ ।

यस्तै व्यावसायिक क्षमता अभिवृद्धि गर्ने खालका गोष्ठी, सेमिनार र कार्यक्रममा सहकार्य गर्ने, प्राथमिकताका विषयमा संयुक्त रुपमा वकालत गर्ने पनि सम्झौता भएको छ ।

नेपाल चिकित्सक सं‌घ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय