+
+

बागमती प्रदेश सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १९:५३

११ पुस, हेटौंडा। बागमती प्रदेश सरकारले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

हेटौंडामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री बहादुर सिंह लामाको गृहजिल्लासमेत रहेको नुवाकोट, म्यागङ गाउँपालिका–४ घर भएकी लामालाई कार्यकारी निर्देशकमा नियुक्त गर्न निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य लामा २०७४ मा म्यागङ गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

सामाजिक विकास मन्त्रालयको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले निर्देशक नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । समितिको संयोजक मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे छन् ।

सिफारिस समितिले लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?