+

हालान्डले पेनाल्टी मिस गर्दा सिटी बराबरीमा रोकियो

२०८१ पुष  ११ गते २०:२६ २०८१ पुष ११ गते २०:२६
हालान्डले पेनाल्टी मिस गर्दा सिटी बराबरीमा रोकियो

११ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोकेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए भने एभर्टनका इलिमानो डिआएले गोल गरे । सिटीका एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए ।

खेलको १४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा डिआएले गोल गरेपछि एभर्टनले पहिलो हाफ बराबरीमै सकायो ।

दोस्रो हाफको ५३औं मिनेटमा प्राप्त पेनाल्टीमा हालान्ड चुके । उनको प्रहार गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । त्यसपछि थप गोल नहुँदा सिटीको जितविहीन यात्रा लम्बिएको हो ।

बराबरीपछि सिटीको १८ खेलबाट २८ अंक भएको छ। एभर्टनको १७ खेलमा १७ अंक छ । सिटीले प्रिमियर लिगका पछिल्ला ९ खेलमा १ जित मात्र निकाल्न सकेको छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय