+
+

आधा दर्जन बढी आयोजना मर्मत गर्न प्राधिकरणको टेन्डर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १९:३३

११ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकसाथ आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना मर्मत सम्भारका लागि टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए हाइड्रो, कुलेखानी प्रथम हाइड्रो, कुलेखानी द्वितीय, कुलेखानी तेस्रो मर्मतका लागि टेन्डर आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार गण्डक हाइड्रो, सुनकोशी हाइड्रो, इलाम (पुवाखोला) हाइड्रो र सुनसरी चतरा हाइड्रोमा समेत निर्माणका लागि टेन्डर निकालिएको छ ।

गत मनसुनमा आएको बाढी र पहिरोका कारण प्राधिकरणले निर्माण तथा व्यवस्थापन गरेका यी आयोजनामा क्षति पुगेकोे थियो । प्राधिकरणका अनुसार यसै साताबाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मर्मत गरी आंशिक सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?