+

यू-१६ लिगमा थ्रीस्टारलाई सिल्भर रे रियल्टीको साथ

२०८१ पुष  ११ गते २०:५२ २०८१ पुष ११ गते २०:५२
यू-१६ लिगमा थ्रीस्टारलाई सिल्भर रे रियल्टीको साथ

११ पुस, काठमाडौं । थ्रीस्टार क्लबको यू-१६ टिमका लागि अस्ट्रेलियाबाट क्लबकै समर्थकले प्रायोजन गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्न लागेको एन्फा यू-१६ लिगका लागि क्लबले समर्थकबाटै प्रायोजन पाएको हो ।

क्लबको यू-१६ टोलीलाई सिल्भर रे रियल्टीले प्रायोजन गरेको हो । यो अस्ट्रेलिया निवासी अरुण तिवारीको कम्पनी हो । उनी वर्षौंदेखि थ्रीस्टार क्लबको समर्थन गर्दै आएका छन् । उनी क्लबको आधिकारिक फ्यान क्लब ‘वि आर स्टार्स’का पूर्व अध्यक्ष पनि हुन् ।

थ्री स्टारले सामाजिक सञ्जालमार्फत प्रायोजन सम्झौता भएको जनाएको छ । क्लबका अध्यक्ष ज्ञान बहादुर शाक्य र कम्पनीका निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गर्दै संयुक्त रुपमा जर्सी समेत सार्वजनिक गरेका छन् ।

थ्रीस्टार क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय