+
+

भारतका पुर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते २२:५९

११ पुस, काठमाडौं । भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।

बिहीबार दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा भर्ना भएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको एम्सका सञ्चार सेलले विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।

एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पुर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको उमेर सम्बन्धी स्वास्थ्यका कारण बिहीबार साँझ ८ बजेर ६ मिनेटमा एम्समा भर्ना गरिएको थियो। उनी घरमा अचानक बेहोस भएका थिए । घरमै उपचार गर्न कोशिस गरियो। त्यसपछि मात्रै एम्सको इमर्जेन्सीमा ल्याइयो। उनले राती ९ बजेर ५१ मिनेटमा अन्तिम श्वास लिए।’

सिंह २ पटक भारतको प्रधानमन्त्री बनेका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?