+

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

२०८१ पुष  १२ गते १२:०५ २०८१ पुष १२ गते १२:०५
यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

विभिन्न स्वास्थ्य समस्याबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिंदा शरीरका सबै अङ्ग सफा गर्नुपर्छ । यसका लागि हामी हरेक दिन नुहाउने गर्छौं । त्यस्तै स्वास्थ्यका लागि शरीरसँगै यौनाङ्गको पनि नियमित सरसफाइ आवश्यक हुन्छ ।

सामान्य सरसफाइको अभावमा हुने सङ्क्रमणले कतिपय जटिल स्थिति पनि निम्तिन सक्छ यस्तोमा सङ्क्रमणबाट बच्न केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

नियमित सरसफाइ गर्ने

यौनाङ्गमा दैनिक सफा गर्नु धेरै महत्त्वपूर्ण छ । त्यसैले दिनमा एक पटक पानी, हल्का र सुगन्धरहित नरम साबुनले धुनुपर्छ । यसले जलन रोक्नुका साथै पसिना र सूक्ष्म जीवहरू हटाउन मद्दत गर्छ ।  शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गरेर राम्ररी पुछ्नुपर्छ । यो दिनचर्याले ब्याक्टेरियाको फैलावटलाई रोकेर युरिनरी ट्र्याक्ट इन्फेक्सनको जोखिम कम गर्छ ।

प्रशस्त पानी पिउने

पिसाब प्रणाली स्वस्थ राख्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ । हरेक दिन पर्याप्त मात्रामा पानी पिउनाले यूटीआई जस्ता संक्रमण गराउने कीटाणु र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । शरीरमा निर्जलीकरण हुन नदिनु सङ्क्रमणबाट बच्ने सजिलो र प्रभावकारी उपाय हो ।

यौन सम्पर्कपछि पिसाब फेर्ने र यौनाङ्ग सफा गर्ने

यौन क्रियाकलापपछि पिसाब फेर्ने र यौनाङ्ग सफा गर्नाले ब्याक्टेरियाको फैलावट रोक्न मद्दत गर्छ र  विभिन्न सङ्क्रमणबाट बच्न पनि सकिन्छ ।

सुगन्धित उत्पादनको प्रयोग नगर्ने

यौनाङ्गमा पाउडर वा अन्य सुगन्धित स्वच्छता उत्पादन प्रयोग नगर्नु नै उपयोगी हुन्छ । यसले सूक्ष्म जीवको सामान्य सन्तुलनमा बाधा पुर्‍याउँछ र सङ्क्रमणको जोखिम बढाउँछ । यौनाङ्गलाई स्वस्थ राख्न, हल्का र गन्धरहित उत्पादन छनोट गर्नु राम्रो हुन्छ ।

स्वस्थ र सन्तुलित खाना खाने

खाने बानीले पनि स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । सम्पूर्ण अन्न, फलफूल र तरकारी आदि समावेश भएको सन्तुलित आहारले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । जसले गर्दा सङ्क्रमणको जोखिम कम हुन्छ ।

महिनावारीको समयमा स्वच्छता कायम गर्ने

महिनावारीको समयमा यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ब्याक्टेरियाको वृद्धिलाई रोक्न समय-समयमा सेनेटरी प्याड परिवर्तन गर्नुपर्छ । प्याड परिवर्तनसँगै यौनाङ्गमा पनि सफा गरेर सङ्क्रमणबाट बच्न सकिन्छ ।

उपयुक्त पेन्टी छनोट गर्ने

सुतीको पेन्टी तुलनात्मक रुपमा उपयोगी हुन्छ । नाइलन वा सिल्क कपडाका पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले सङ्क्रमणको जोखिम हुन्छ ।

सरसफाइमा मनतातो पानीको प्रयोग

यौनाङ्ग शरीरको संवेदनशील अङ्ग हो, त्यसैले यौनाङ्ग सफा गर्न धेरै तातो वा चिसो पानी प्रयोग गर्नु हुँदैन । सफाइका लागि मनतातो पानी प्रयोग गर्नु राम्रो हुन्छ ।

डा. सचिनकुमार यादव यौनाङ्ग संक्रमण
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

धेरै तनाव, चाँडै बुढ्यौली  

धेरै तनाव, चाँडै बुढ्यौली  

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

नाकको एलर्जी किन हुन्छ, के छ उपचार ?

नाकको एलर्जी किन हुन्छ, के छ उपचार ?