+

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

२०८१ पुष  १२ गते १३:१६ २०८१ पुष १२ गते १३:१६
मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

आमाबाबुको माया र राम्रो पालनपोषणले बालबालिकाको उज्ज्वल भविष्यको जग बसाउँछ । आमाबाबुको मायाले बच्चाको शारीरिक र मानसिक विकासमा मद्दत गर्छ । यसबाट बच्चाले सम्बन्धको महत्व बुझ्छन् सक्छन् । तर आमाबुबाको स्वभावमा बढ्दो रुखोपन र दूरीले बच्चालाई मानसिक रूपमा कमजोर बनाउन थाल्छ ।

यसले बच्चाको शारीरिक विकास मात्र सुस्त बनाउँदैन, यसको प्रभाव बच्चाको मानसिक स्वास्थ्यमा पनि देखिन्छ ।

किन आवश्यक छ बाबुआमाको साथ ?

बच्चासँग दैनिक भलाकुसारी गरी केही समय बिताउने र बच्चाको मनमा उठेको कौतुहलता स्पष्ट पारिदिने र नयाँ नयाँ कुराहरू सिकाउने अभ्यासले आमाबाबु र बच्चाको बीचको सम्बन्ध बलियो बन्न जान्छ । बच्चासँग समय बिताउँदा अभिभावक साथी जत्तिकै नजिक आउन मात्रै नभई उनीहरुको जीवनमा भइरहेको गतिविधिमा पनि निगरानी राख्न मद्दत गर्छ । जसले नराम्रो बाटोमा जानबाट जोगिन सक्छन् ।

यस्तो खालको कसिलो बन्धनले सन्तान के चाहन्छन् भन्ने कुरा पनि नजिकबाट नियाल्न सकिन्छ । बच्चाहरु आफ्नो भावना प्रष्टसँग राख्न सक्षम हुन्छन् । सही र गलत के हो भन्ने कुरा आमाबाबुले दिएको सुझावबाट पहिल्याउन सक्छन् ।

यसले बच्चालाई बाल्यकालदेखि चिन्ता र तनावबाट बचाउँछ । बच्चाको आत्मीयता परिवारसँग बढ्छ । मानसिक विकास पनि छिटो हुन थाल्छ ।

अमेरिकन जर्नल अफ लाइफस्टाइल मेडिसिनका अनुसार बच्चाको विकास सम्बन्धमा निर्भर हुन्छ । यी सम्बन्धमध्ये अभिभावक-बालकको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आमाबाबुको नजिक रहँदा बालबालिकाको सामाजिक, भावनात्मक, संज्ञानात्मक र न्युरोबायोलजिकल विकास छिटो हुन्छ । आमाबाबुको नजिक बस्ने बालबालिकामा मानसिक विकारको जोखिम कम हुन्छ ।

बच्चामा आत्मविश्वास बढ्छ

बच्चाको नजिकै बसेर हात समाएर हालखबर सोध्ने र बाहिरबाट फर्किएपछि केहीबेर बस्दा आमाबुवा र सन्तानबीच आत्मीयता बढ्छ । यसले गर्दा बच्चाले जे गर्दा पनि आफ्नोपन अनुभव गरिरहन्छन् । उनीहरुमा डरको भाव कम हुन्छ । उनीहरु स्कुल तथा कलेजमा कुनै कार्यमा सहभागी हुन र कुनै काम गर्न पनि अग्रसर हुन्छन् । यसले बच्चामा आत्मविश्वास बढाउँछ ।

बच्चा अभिव्यक्त गर्न सक्षम हुन्छन् । आमाबाबुको सहभागिताले बच्चाको मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ । बच्चाको हरेक समस्या धैर्यतासाथ सुन्ने, बुझ्ने र सम्झाउने बानी गर्दा बच्चा भावना अभिव्यक्त गर्न सक्षम हुँदै जान्छन् । यसले बच्चामा कुनै कुरालाई लिएर हिच्किचाहट कम हुन्छ ।

आदानप्रदान गर्न सिक्ने

घर बच्चाको पहिलो पाठशाला हो । जहाँबाट बच्चाले राम्रा र नराम्रा बानी सिक्छन् । परिवारसँग बस्दा, बच्चाले मेरो र तपाईंको कुरा गर्नुको सट्टा चीजहरू बाँड्ने र लिनेमा विश्वास गर्ने खालको वातावरण दिनुपर्छ । यसले बच्चामा स्वार्थी भावना विकसित हुन दिंदैन ।

उनीहरुमा मिलेर बाँडीचुडी गर्ने भावना स्वतः बढ्न थाल्छ । यसले बच्चामा भित्री प्रेम, करुणाको भावना बढाउँछ ।

बच्चाले सही र गलतको ज्ञान राख्न सक्छन् । परिवारसँग समय बिताउने बालबच्चाले के उपयुक्त छ, के उपयुक्त होइन बुझ्न थाल्छन् । यस्ता बालबालिका दुर्व्यवहार र लागूपदार्थबाट टाढा रहन्छन् । उनीहरुमा आपराधिक प्रवृत्तिको जोखिम कम हुन थाल्छ । बच्चाहरु कुनै पनि काम आफ्नो आमाबुवाको सल्लाहपछि मात्र गर्न थाल्छन् ।

कसरी बच्चासँग सम्बन्ध कसिलो पार्ने ?

बच्चा कहिले हाँस्छन् त कहिले रुन्छन् । हाँस्दा थेग्न नसक्ने माया गर्ने, रुँदा गाली गर्ने, पिट्ने गर्नु हुँदैन । यस्तो अवस्थामा बच्चालाई गाली गर्नुको सट्टा ऊसँग नजिक रहने र माया गर्नुपर्छ । गल्ती भएमा गलत हो भनेर सम्झाउनुपर्छ । यस्तोमा समस्या बुझेर त्यसको समाधान गरेर बच्चा आफ्ना आमाबुवाको नजिक आउन थाल्छन् ।

बच्चासँगै खेल्नुहोस्

बच्चाहरूलाई खेल्दा गाली गर्नुको साटो आफू पनि सँगै खेल्ने गर्दा खुसीको लहर बढ्छ । बच्चा र अभिभावकबीचको मित्रता बढ्छ ।

हरेक कुरा छलफल गर्ने

बच्चालाई सानो भन्दै हरेक कुरा लुकाउने गर्नु हुँदैन । उनीहरुलाई पनि लुकाउन हुँदैन भनेर सिकाउनुपर्छ । उनीहरुसँग दूरी बढाउनुको सट्टा हरेक कुरा छलफल गर्नु राम्रो हुन्छ । यसले बच्चामा निर्णय लिने क्षमता बढ्छ । बच्चाको आत्मविश्वास पनि बढ्छ ।

बच्चालाई हौसला दिने

चाहे ठूलो होस् वा एकदमै सानो काम होस् । बच्चालाई कुनै कामपछि हौसला दिने गर्नुपर्छ । उनीहरुसँग हात मिलाउने र सानो सफलताका लागि पनि अंकमाल गर्ने बानी विकसित गर्नुपर्छ ।

यसले पनि बच्चाहरु उत्प्रेरित हुने र यही बहानामा बाबुआमासँग नजिकिन्छन् ।

डा. विजय ज्ञवाली मानसिक स्वास्थ्य लालनपालन
डा. विजय ज्ञवाली
लेखक
डा. विजय ज्ञवाली
साइको थेरापिस्ट तथा अकुपञ्चरिस्ट

पीएचडी (मानसिक स्वास्थ्य), एमएस (क्लिनिकल साइकोलोजी), डिप्लोमा (अकुपञ्चर) अमोहा क्लिनिकमा आवद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

मानसिक रूपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

यौनाङ्ग सङ्क्रमणबाट बच्न ध्यान दिनुपर्ने ८ कुरा

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

धेरै तनाव, चाँडै बुढ्यौली  

धेरै तनाव, चाँडै बुढ्यौली  

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)

‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)