+
+

अखिल क्रान्तिकारी सम्मेलनमा उपत्यका बाहिरबाट पनि मतदान गर्न मिल्ने

अखिल क्रान्तिकारीमा उमेर हदका लागि १३ पुस बिहान १० देखि ४ बजेसम्म र नयाँ नेतृत्वका लागि १७ पुसमा ११ देखि ४ बजेसम्म मतदान हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १३:३५

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हद सम्बन्धी विवादको टुंगो मतदानबाट टुंग्याउने भएको छ ।

गत असोजमा भएको २३औं सम्मेलन उमेर हद विवादले बीचमै स्थगित भएको थियो । २३ र २४ मंसिरमा गर्ने गरी त्यसबेला समय तोकिए पनि सम्मेलन हुन सकेन । ३२ वर्षे उमेर हदको पक्ष/विपक्षका लागि शनिबार मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ । उमेर हदमा मतदान भइसकेपछि दोस्रो चरणमा नयाँ नेतृत्वका लागि मतदान हुनेछ । नयाँ नेतृत्व र उमेर हद टुंगो लगाउन काठमाडौं बाहिरबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

उमेर हदका लागि ८ प्रदेश कार्यालय र २ वटा विश्वविद्यालय कमान्ड प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ । भूगोल र गैरभूगोल गरी ८६ स्थानबाट उमेर हदमा निर्णय लिन मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेश स्तरीय मतदान केन्द्र रहने निर्वाचन समितिले जानकारी गराएको छ ।

उमेर हदका लागि १३ पुस (शनिबार) बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । १७ पुसमा ११ बजेदेखि ४ बजेसम्म नयाँ नेतृत्वका लागि मतदानको समय तोकिएको छ ।

दोस्रो चरणमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी गराए । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताको समय १५ पुसको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?