+
+

नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १४:४५

१२ पुस, काठमाडौं । सामाजिक सञ्जालमार्फत् आफूलाई डाक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७  ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल छन् । मण्डलले आफूलाई डा. आलोकका रूपमा चिनाउने गरेका थिए ।

मण्डलले सुगर रोग निको पार्ने दाबी गर्दै बेहोस बनाउने औषधि सेवन गराई सर्वसाधारणको सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरको टोलीले अनुसन्धान एवं खोजतलासका आधारमा उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ आरुखर्कबाट नियन्त्रणमा लिएको हाे ।

चोरी घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उनले सुगर रोग निको बनाउने भन्दै बेहोस पार्ने औषधि सेवन गराई सुनचाँदीका गरगहना (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) लगायत नगद तीन लाख रुपैयाँ चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एप्पल, भिभो र सामसङ कम्पनीको एक/एक थान मोबाइलसहित नगद ५९ हजार ३६० रुपैयाँ समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?