+
+

भीम रावल आफ्नै कर्मले बाहिरिए : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १६:३७
फाइल तस्वीर

१२ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नै कर्मका कारण भीम रावल पार्टीबाट बाहिरिएको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पार्टीबाट बाहिरिसकेका रावललाई यसबारे पार्टीले जानकारी मात्रै दिएको बताए ।

‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ,’ उनले भने ।

सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको उनको भनाइ थियो ।

अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताए । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने उनको तर्क थियो ।

हिजो के भयो भनेर होइन अब के गर्ने भनेर देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उनले बताए । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ,’ पोखरेलले भने ।

अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरि क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उनले बताए ।

पछिल्लो समय पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको उनले बताए । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेका कारण एमालेमाथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा देखिएको राजनीतिक अस्थिरतालाई रोक्न नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए । स-साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर कांग्रेस-एमालेको गठबन्धन सरकार बनेको उनले स्पष्ट पारे ।

अस्थिरताका कारण मुलुक बरबाद भएको भन्दै उनले त्यही अस्थिरतामा खेल्ने कुरालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डाइनामिक भन्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?