+
+

शिक्षकको पेशागत विकास सम्बन्धी पाठ्यक्रम स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १७:१४

११ पुस, काठमाडौं । शैक्षिक जनशक्ति विकास परिषद्ले शिक्षक पेशागत विकास तालिम पाठ्यक्रम, सेवा प्रवेश तालिम सहित विभिन्न पाठ्यक्रम स्वीकृत गरेको छ ।

बिहीबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतमा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । बैठकले एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम पनि स्वीकृत गरेको छ ।

परिषद् बैठकमा मन्त्री भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनःपरिभाषित गर्नुपर्ने बताइन् । तालिम केन्द्रहरूले पाठ्यक्रमलाई समय समयमा शिक्षक, विज्ञसँग सुझाव लिएर परिमार्जन गर्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिइन् ।

‘शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्नेभन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।

पाठ्यक्रम स्वीकृत भएसँगै अब प्रदेश शिक्षा तालिम केन्द्रबाट शिक्षकहरूको तालिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?