+

दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

२०८१ पुष  १२ गते १७:२१ २०८१ पुष १२ गते १७:२१
दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु

१२ पुस, काठमाडौं । नेपालगन्जमा शुक्रबारदेखि दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरे ।

उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताए । उनले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगको लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तीरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको भन्दै यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताए । उनले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको पनि उल्लेख गरे ।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिए । उनले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्त्वपूर्ण आधार भएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरूको सहभागिता छ ।

हाप्किडो प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय