
१२ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायामा पार्न खोजिएको बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट-२०२४ मा मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायामा पार्न खोजिएको बताएका हुन् ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनु पर्नेमा जोड दिए ।
विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन् भनेर निराश हुने अवस्था नरहेको उनको भनाइ थियो ।
उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ ह्यान्डहरू भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाउन सके निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुने उनको दाबी थियो ।
उनले निजगढ विमानस्थल बनाउने कुरा छायामा बनाउने काम गर्न दिन नहुने उनले बताए ।
उनले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताए । उनले त्यसका लागि सरकारले कूटनीतिक रूपमा पहल गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4