१२ पुस, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरेका छन् ।
योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको राउण्ड अफ ३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र बर्ण प्रभु आनन्दसंग २१–१४, २१–१५ ले पराजित भए ।
यस्तै पुरुष एकलतर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन बिर्सन लायक रह्यो । एकलतर्फ नेपाली खेलाडी सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोष संग २१–८, २१–८ ले परातिज भए । यसैगरि सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगी संग २१–१०, २१–१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडे संग २१–१६, २१–१७, कविर के.सी. भारतका दिपांशु संग २१–१६, २१–१५ ले पराजित भए ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल राउण्ड अफ ३२ मा रक्षा फगामीले बंगलादेशकी जरिना इकवाल मोहना विरुद्ध पहिलो सेट जिते पनि तेश्रो सेटमा सम्हालिन नसक्दा पराजित भइन् । रक्षा जरिना मोहना संग १८–२१, २१–१२, २१–७ ले पराजित भइन् । यस्तै स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरु संग २१–१२, २१–७, रिहाना शेरचन भारतकी दिया भिमैया संग २१–८, २१–९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसंग २१–६, २१–१३ पराजित भए ।
राउण्ड अफ १६ मा रहेकी दिलाशा राना थाईल्याण्डकी पिमचानोक सुत्तीविरियाकुलसंग २१–१२, २१–६, निभा राई भारतकी इशिता नेगी संग २१–६, २१–८, टिशा रानी शाक्य थाईल्याण्डकी पिराया वेचावाङ्गसंग २१–९, २१–४ ले पराजित भए ।
पुरुष युगल तर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाब्य चाबरा र परम चौधरीको जोडी संग २१–११, २१–१० र कविर के.सी. र सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सी.लालरामसंग र सौरभ साउ संग २१–१०, २१–१९ ले पराजित हुन पुगे ।
महिला युगल तर्फ दिलाशा राना र रिहाना शेरचनको जोडी भारतका अक्षिता मनरल र बर्ण प्रभु आनन्द संग २१–१०, २१–१० को अन्तरमा पराजित भए । यसैगरि रक्षा फगामी र आस्ना श्रेष्ठको जोडी पनि भारतका खेलाडी इशिता नेगी र भान्सिका ठाकुरको जोडी संग २१–६, २१–५ ले तथा श्रीया बज्राचार्य र निभा राईको जोडी थाईल्याण्डका सुनिशा लेकजुरा तथा अनन्या नापालाई संग २१–११, २१–५ ले पराजित भए ।
तीन दिने सिरिजमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहेका छ । सिरिजमा पुरुष-महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा ९९ खेलाडीको सहभागिता । जसमा नेपालबाट ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहेको छ । पुरुष एकलमा ३२ खेलाडी, महिला एकलमा २१, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4