+
+

मुख्यमन्त्रीबाट अस्पताल उद्घाटन हुँदा नगरपालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते २१:००

१२ पुस, पोखरा । बागलुङको बुर्तिबाङमा निर्मित बुर्तिबाङ अस्पताल गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने दिन शुक्रबार ढोरपाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

बर्तिबाङ अस्पताललाई ५० शैय्या बनाएर स्तरोन्नति गर्ने निर्णय गरेका मुख्यमन्त्री पाण्डे हातबाट अस्पतालको उद्घाटन भएको हो ।

तत्कालीन बुर्तिबाङ स्वास्थ केन्द्रलाई ५० बेडको प्रादेशिक अस्पताल बनाउँदै भवन उद्घाटन हुने खुसीमा ढोरपाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

उद्घाटनमा गण्डकीका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री कृष्ण पाठकसहित बागलुङका सबै सांसद पुगेका थिए । तामझामका साथ अस्पताल उद्घाटन गरिएको थियो ।

पश्चिम बागलुङकै प्रमुख अस्पताल बन्न पुगेको सो अस्पतालको भवन उद्घाटनमा बाक्लो संख्यामा स्थानीय उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?