+
+

फास्ट ट्रयाकको समस्या लम्बिन दिइँदैन : मन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १२:०७

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् ।

मन्त्री दाहालले शनिबार द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताएका हुन् । ‘यो फास्ट ट्र्याक तराई र काठमाडौ जोड्ने लाईफलाईन हो’, निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थान विन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहँदैन, सवैले समाधानको विकल्प खोजि गर्नुपर्छ ।’

सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिए ।

फास्ट ट्र्याकले सर्वसाधारणको आवात जावत सहज पार्ने मात्र नभइ नेपालको वैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिईएको बताए ।

मुआव्जा वितरण, क्षतिपूर्ती, मोही तथा गुठी अदिका विषयहरुलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो । त्यस क्रममा उनले फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाप्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदान सह्रानीय रहेको बताए ।

मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फास्ट ट्र्याक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरुका बारेमा ब्रिफिङ् गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?