+
+

मन्त्री पाण्डेले गरे नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १३:१८

१३ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

शनिबार अछामको कलमबजारमा रहेको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगञ्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत निरीक्षण गरेका हुन् ।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवन २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एन्ड कम्पनीले २०७९ माघदेखि निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए ।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?