+

भारत–अष्ट्रेलिया चौथो टेष्ट : नीतिशकुमारको शतकमा भारत संघर्षरत

२०८१ पुष  १३ गते १४:३२ २०८१ पुष १३ गते १४:३२

२१ वर्षीय युवा क्रिकेटर नीतिशकुमारको डेब्यू शतकमा अष्ट्रेलियाविरुद्धको चौथो टेष्टमा पुनरागमनका लागि भारत संघर्षरत रहेको छ ।

भारत–अष्ट्रेलिया चौथो टेष्ट : नीतिशकुमारको शतकमा भारत संघर्षरत

१३ पुस, काठमाडौं । नीतिशकुमार रेड्डीको शतकको सहयोगमा भारतले अष्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीअन्तर्गत चौथो टेष्टमा पुनरागमनको प्रयास गरेको छ ।

मेलवर्नमा जारी चौथो टेष्टको पहिलो इनिङमा अष्ट्रेलियाले बनाएको चार सय ७४ रन पछ्याउने क्रममा सुरुआतदेखि नै लडखडाएको भारतीय इनिङ नीतिशकुमारले सम्हालेका हुन् ।

तेस्रो दिनको खेल सकिँदा भारतले नौ विकेट गुमाएर तीन सय ५८ रन बनाएको छ । चौथो टेष्ट खेलिरहेका २१ वर्षीय नीतिककुमार एक सय पाँच रन बनाएर क्रिजमा डटिरहेका छन् । अन्तिम जोडीका रूपमा उनलाई मोहम्मद सिराजले दुई रन बनाएर साथ दिएका छन् ।

भारतले आठ रन बनाउँदा कप्तान रोहित शर्मा, ५१ रन बनाउँदा केएल राहुललाई गुमाएको थियो । एक सय ५३ रनको अवस्थामा ओपनर यशस्वी जयसवाल ८२ रन बनाएर आउट भएपछि भारत दबाबमा आयो । थप ३६ रन जोड्दा थप तीन विकेट गुमाउन पुगेको भारतीय इनिङलाई नीतिशकुमारले सम्हाले । उनका अलावा वासिङ्टन सुन्दरले ५० रनको योगदान दिए ।

चौथो दिन भोलि एक सय १४ रनले पछि रहेको अवस्थाबाट भारतले खेल अघि बढाउनेछ । यसअघि खेलिएका तीनमध्ये भारत र अष्ट्रेलियाले एक–एक टेष्ट्र म्याच जितेका छन् । एक बराबरीमा सकिएको छ ।

नीतिशकुमार रेड्डी पुनरागमनको प्रयास बोर्डर–गावस्कर ट्रफी भारत–अष्ट्रेलिया टेष्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय